दश जिल्लाका २ महिलासहित १४ जनाको मृत्यु


दश जिल्लाका २ महिलासहित १४ जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमित थप १४ जनाको मृत्यु भएकोछ । पछिल्लो २४ घण्टामा दश जिल्लाका २ महिला र १२ पुरुष गरि थप १४ जनाको मृत्यु भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मृत्यु हुनेहरुमा सुनसरीका ४५, मोरङका २० र ७२, सर्लाहीका ७१ वर्षीय पुरुष, काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै, ललितपुरका ४३ र ४९, भक्तपुरका ६८, मकवानपुरका ७७ वर्षीय पुरुष, धादिङका ३१ वर्षीया महिला, नवलपरासी पूर्वका ३६ र रुपन्देहीका ५७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि शुक्रबार नेपालमा १० जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार हाल नेपालमा कुल मृत्युदर शून्य दशमलव ५८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।