सरकारद्वारा चाडपर्व मनाउन मापदण्ड जारी

मापदण्ड विपरित चाडपर्व मनाए कारबाही

अंगालो मार्ने देखि देवीदेवताका मूर्तिहरु छुन नपाइने


मापदण्ड विपरित चाडपर्व मनाए कारबाही

नेपालगन्ज : कोरोना भाइरस संक्रमणकाबीच सरकारले चाडपर्व मनाउनका लागि मापदण्ड सार्वजनिक गरेकोछ । सरकारले जारी गरेको मापण्ड पालना नगर्ने व्यक्तिलाई सरकारले संक्रामण रोग ऐन, २०२० अन्तरगत कारबाही गर्ने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा चाडपर्व मनाउनेहरुका लागि मापण्ड सार्वजनिक गरेको हो । दसैैंतिहारसगैं अन्य जात्रा तथा पर्वमा प्रसाद तथा टीका सकेसम्म वितरण नगर्न मन्त्रालयले भनेको छ । टीका तथा प्रसाद वितरण गर्नै परे कार्यक्रममा परिवारको एकजना मात्रै सहभागी हुनुपर्ने, सकेसम्म आयोजकले घरमै प्रसाद वितरण गर्नुपर्ने मन्त्रालयले भनेको छ ।

एउटै घरका व्यक्तिबाहेक अरुसँग भेट नगर्ने र गर्नै परे दुई मिटरको दूरी कायम गर्नु पर्ने मन्त्रालयले जनाएको छ । सकैसम्म घरको परिवार मात्रै बसेर चाडपर्व माउन सरकारले आग्रह गरेको छ ।

चाडपर्वमा घर बाहिर नजाने र जानै पर्ने भए माक्स अनिवार्य लगाउनु पर्ने, धार्मिकस्थल तथा मेलापर्वमा २५ जना मात्रै भेला हुन पाउने तथा अभिबादन गर्दा टाढैबाट नमस्कार गर्नु, अंगालो मार्न वा शरीर छुन नपाइने तथा देवीदेवताका मूर्तिहरु नछुन आग्रह गर्दै मन्त्रालयले सार्वजनिक स्थालमा नथुक्न भनेको छ । पैसाको कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोनाको अति जोखिममा पर्ने व्यक्तिहरुले घरपरिवारका व्यक्तिबाहेक अन्य बाहिरका व्यक्ति भेला भएको ठाउँमा सहभागि नहुन भनेको स्वास्थ्य मन्त्रालयले ज्वरो, खोकी लागेका व्यक्ति, ६० वर्ष माथि र १२ वर्ष मुनिका बालबालिका, गर्भवती र सुत्करी महिला र रोधप्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरुलाई कुनै पनि कार्यक्रमा सहभागी नहुन वा सहभागी भए कार्यक्रम आयोजकले पर्याप्त स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु पर्नेमा जोड दिएको छ ।

यस्तै भर्खरै सर्जरी गरेका, अंग प्रत्यारोपण गरेका तथा दीर्घरोगीहरु तथा पछिल्लो १५ दिनमा कुनै पनि रोगबाट निको भएका व्यक्तिहरुलाई भीडभाडमा नजान भनेको छ ।