नेपालगन्ज : बाँकेमा थप ४२ जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार १७ महिला र २५ पुरुष गरि थप ४२ जनामा कोरोना संक्रमण पुटि भएको हो । योसगैं बाँकेमा कोरोना संक्रमित कुल संख्या दुई हजार ३ सय ६९ पुगेकोछ ।
यसअघि हिजो शुक्रबार मात्रै बाँकेमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भने शनिबार थप ३१ जना डिस्चार्ज भएका छन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ७ सय ९३ पुगेकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र १२ पुरुष गरि २० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ महिला र ९ पुरुष गरि १६ जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ महिला र ४ पुरुष गरि ६ जना सहित ४२ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसबीच बाँकेमा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमित १२ जना गरि जम्मा ३६ जनाको मृत्यु भएकोछ । यस्तै बाँकेमा शनिबार बेलुकासम्म ५ सय ५२ जना कोरोना संक्रमितको उपचार भइरहेकोछ ।