नेपालगन्ज ट्राफिक चोकका ८४ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु


नेपालगन्ज ट्राफिक चोकका ८४ वर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्जका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएकोछ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १०, ट्राफिक चोक निवासी ८४ वर्षिय पुरुषको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा शनिबार राती ९ः५५ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

योसगैं बाँकेमा कोरोना संक्रमित २५ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्यमा समस्या आएपछि असोज ६ गते बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा कोरोना पोजेटिभ पाइएको थियो ।

कोरोना पोजेटिभ पाइएपछि उनलाई भेरी अस्पताल को आइसोलेसन वार्डमा राखी रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण उपचार पद्धती अपनाउँदा समेत स्वास्थ्यमा सुधार नभएपछि शनिबार राती मृत्यु भएको केन्द्रले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उपचारका क्रममा उनको स्वास्थ्य झन् जटिल बन्दा भेन्टिलेटरमा राखी उपचार गर्दा स्वास्थ्य अवस्था विग्रदैं गएको थियो । मृतक ती पुरुषमा श्वास प्रश्वास समस्यासंगै दुवै तर्फको फोक्सोको निमोनिया भएर मृत्यु भएको अस्पतालले जनाएकोछ ।