नेपालगन्ज : कोरोना संक्रमित कोहलुरकी ७१ वर्षिय महिलाको मृत्यु भएकोछ । शनिबार अबेर राती उनको उपचारका त्रमmमा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
कोहलपुर नगरपालिका वडा नम्बर–८ गोल्छा निवासी ती महिलालाई स्वास्थ्य समस्या आएपछि गत असोज १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।
कोरोना पोजेटिभ पाइएकी ती महिलाको स्वास्थ्य अवस्था विग्रदैगएपछि सोही दिन भेरी अस्पताल नेपालगन्जमा राखेर उपचार गरिएको थियो ।
मृतक महिलालाई गर्नुपर्ने सम्पूर्ण उपचार गर्दासम्म पनि स्वास्थयमा सुधार नभएपछि शनिबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
श्वासप्रश्वासमा समस्याबाट ग्रसित ती महिलाको दुवैतिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको हो । योसहित बाँकेमा कोरोना संक्रमित २६ जनाको मृत्यु भएकोछ ।