पाँच मिनेटको अन्तरमा भेरीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु


पाँच मिनेटको अन्तरमा भेरीमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : पाँच मिनेटको अन्तरमा भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० ट्राफिक चोकका ८४ वर्षिया पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ८ गोल्छा निवासी ७१ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि शुक्रबार बाँकेमा ढाई घण्टाको अन्तरमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो । योसगैं बाँकेमा कोरोना संक्रमित २६ जनाको मृत्यु भएको छ । भने बाहिरी जिल्लाबाट बाँकेमा आएर उपचारका क्रममा १२ जनाको कोरोना संक्रमितको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जानकारी दिएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१०, ट्राफिक चोकका ८४ वर्षिय पुरुषको शनिबार राती मृत्यु ९ः ५५ बजे र कोहलपुर नगरपालिका वडा नम्बर–८ गोल्छा निवासी ७१ वर्षिया महिलाको शनिबार राती १० बजे मृत्यु भएको हो ।

नेपालगन्जका ८४ वर्षिय पुरुषको स्वास्थ्यमा समस्या आएपछि गत असोज ६ गते बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीमा कोरोना पोजेटिभ पाइएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना पोजेटिभ पाइएपछि उनलाई भेरी अस्पतालको आइसोलेसन वार्डमा राखी रोगको प्रकृति अनुसार गरिनुपर्ने सम्पूर्ण उपचार पद्धती अपनाउँदा समेत स्वास्थ्यमा सुधार नभएपछि शनिबार राती ९ः ५५ बजे मृत्यु भएको केन्द्रले जनाएकोछ ।

उपचारका क्रममा उनको स्वास्थ्य झन् जटिल बन्दा भेन्टिलेटरमा राखी उपचार गर्दा स्वास्थ्य अवस्था विग्रदैं गएको थियो । मृतक ती पुरुषमा श्वास प्रश्वास समस्यासंगै दुवै तर्फको फोक्सोको निमोनिया भएर मृत्यु भएको अस्पतालले जनाएकोछ ।

यस्तै भेरी अस्पतालमा उपचारका क्रममा कोहलपुर नगरपालिका वडा नम्बर–८ गोल्छा निवासी ७१ वर्षीया महिलाको शनिबार राती १० बजे मृत्यु भएको हो । ती महिलालाई स्वास्थ्य समस्या आएपछि गत असोज १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो ।

कोरोना पोजेटिभ पाइएकी ती महिलाको स्वास्थ्य अवस्था विग्रदैं गएपछि सोही दिन भेरी अस्पताल नेपालगन्जमा राखेर थप उपचार गरिएको थियो । मृतक महिलालाई गर्नुपर्ने सम्पूर्ण उपचार गर्दासम्म पनि स्वास्थ्यमा सुधार नभएपछि शनिबार राती १० बजे मृत्यु भएको केन्द्रले जनाएकोछ । श्वासप्रश्वासमा समस्याबाट ग्रसित ती महिलाको दुवैतिरको फोक्सोमा निमोनिया भएर मृत्यु भएको हो ।