अनसन तोडेका डाक्टर केसी आइसियुमा भर्ना


अनसन तोडेका डाक्टर केसी आइसियुमा भर्ना

File Photo

नेपालगन्ज : अनसनरत डाक्टर गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । अनसन तोडेपछि डाक्टर केसीलाई आइसियुमा भर्ना गरिएको छ ।

शनिबार राती सरकारसँग ८ बुँदे सम्झौता भएपछि डाक्टर गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका हुन् । उनलाई शिक्षण अस्पतालका सरसफाई कर्मचारी ४६ वर्षीय विकास नेपालीले जुस पिलाएका थिए ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डाक्टर केसीले गत भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । काठमाण्डौं स्थित त्रिवि शिक्षण अस्पतालको कोठा नम्बर ५०१ मा राखिएको थियो ।

सहमति डाक्टर केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए ।