एकैदिन २२ जना संक्रमितको मृत्यु


एकैदिन २२ जना संक्रमितको मृत्यु

नपालगन्ज : पछिल्लो पटक नेपालमा एकैदिन ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरि एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ३६ पुगेको छ । ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो हो ।

मन्त्रालका अनुसार यसरी ज्यान गुमाउनेहरु ११ वटा जिल्लाका ब्यक्ति हुन् । जसमा काठमाडौंका ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सुनसरीका ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाका ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, ललितपुरका ४९, भक्तपुरका ४४ र ५७, नुवाकोटका ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

त्यसैगरी चितवनका ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरका ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३, रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । योसगैं नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५९ प्रतिशत छ ।