नेपालगन्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको भोलीपल्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।
पाटन अस्पतालमा भर्ना भएका शिक्षामन्त्री पोखरेलको पीसिआर जाँच गर्दा उनलाई कोरोना पोजेटिभ आएको उनका प्रेस संयोजक सुनिल खड्काले बताएकाछन् ।
मन्त्री पोखरेललाई स्वास्थ्यमा समस्या आएपछि उनी शनिबार पाटन अस्पतालमा भर्ना भएका थिए । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो ।
मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् । योसगैं नेपालमा संघीय सरकारका दुई मन्त्रीलाई कोरोना पुष्टि भएकोछ ।
सम्झिरहनेछाैं सधैंभरि...
बेपत्ताहरू खोज्न जिम्मेवारीका कुनै कसर बाँकी राखेका छैनौं: प्रधानमन्त्री
नेपाललाई जलवायु न्यायका लागि सारा विश्वकाे साथ चाहिएको छ
राष्ट्रसंघले घोषणा गर्यो बालबिवाहविरुद्धको अन्तर्राष्ट्रिय दिवस, नेपालबाट स्वागत र धन्यवाद
भोटेकोसी बाढी: सुरुङमा ‘बेपत्ता’हरूका आफन्त आए सडकमै