शिक्षामन्त्री पोखरेललाई पनि कोरोना संक्रमण


शिक्षामन्त्री पोखरेललाई पनि कोरोना संक्रमण

नेपालगन्ज : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको भोलीपल्ट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ ।

पाटन अस्पतालमा भर्ना भएका शिक्षामन्त्री पोखरेलको पीसिआर जाँच गर्दा उनलाई कोरोना पोजेटिभ आएको उनका प्रेस संयोजक सुनिल खड्काले बताएकाछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मन्त्री पोखरेललाई स्वास्थ्यमा समस्या आएपछि उनी शनिबार पाटन अस्पतालमा भर्ना भएका थिए । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो ।

मन्त्री पोखरेलको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् । योसगैं नेपालमा संघीय सरकारका दुई मन्त्रीलाई कोरोना पुष्टि भएकोछ ।