नेपालमा ७५ हजार बढीले कोरोना जिते

७६ जनाको भेन्टिलेटरमा र ३२९ जनालाई आईसीयूमा राखेर उपचार हुँदै


नेपालमा ७५ हजार बढीले कोरोना जिते

नेपालगन्ज : देशभर कोरोना भाइरसका थप दुई हजार ७१ संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

नेपालमा दिनहुँ ठूलो मात्रामा कोरोना संक्रमित भेटिरहँदा हालसम्म ७५ हजार बढिले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका एक हजार ५ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसगैं नेपालमा हालसम्म ७५ हजार ८ सय ४ जना डिस्चार्ज भएका छन् । भने हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेकोछ । भने पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आइतबारसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाक अनुसार देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आईतबारसम्म देशभर ४ हजार ६१३ जना क्वारेन्टिनमा रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

त्यसैगरी देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरि एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ३६ पुगेको छ । ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो हो ।

मन्त्रालका अनुसार यसरी ज्यान गुमाउनेहरु ११ वटा जिल्लाका ब्यक्ति हुन् । जसमा काठमाडौंका ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै सुनसरीका ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटाका ६१ वर्षीया महिला, सर्लाहीका ३८ वर्षीय पुरुष, ललितपुरका ४९, भक्तपुरका ४४ र ५७, नुवाकोटका ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी चितवनका ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरका ८५ वर्षीया महिला, सिन्धुपाल्चोकका ६३, रुपन्देहीका ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । योसगैं नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५९ प्रतिशत छ ।

यसअघि शनिबार दैनिक सर्वाधिक संक्रमित थपिएका थिए । शनिबार एकैदिन पाँच हजार ८ कोरोना संक्रमित थपिएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।