डुडुवा, राप्तीसोनारी र नरैनापुरमा होम आइसोलेसन बस्ने छैनन

बाँकेमा थप ३६ जनामा कोरोना पुष्टि


डुडुवा, राप्तीसोनारी र नरैनापुरमा होम आइसोलेसन बस्ने छैनन

नेपालगन्ज : बाँके जिल्लामा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पाइएकोछ । बाँकेका तीन प्रयोगशालामा भएको पीसिआर परीक्षणका क्रममा यी ब्यक्तिमा कोरोना संक्रमण पाइएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबार बाँकेमा १७ महिला र १९ पुरुष सहित ३६ जनामा कोरोना संक्रमण पाइएको छ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा ९ महिला र ८ पुरुष गरि १७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ७ महिला र १० पुरुष गरि १७ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्निक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र १ पुरुष गरि २ सहित जम्मा ३६ जनामा कोरोना संक्रमण पाइएको हो ।

यस्तै भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ६ महिला र १० पुरुष गरि १६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ९ जना पुरुष र बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ३ पुरुष गरि ६ महिला र २२ पुरुष गरि थप २८ जना बाहिरी जिल्लाका ब्यक्तिमा कोरोना पुष्टि भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार आईतबारसम्म बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २६ र बाहिरी जिल्लाका १२ जना गरि ३८ जनाले ज्यान गुमाइसकेकाछन् ।

योसंगै बाँकेमा कोरोना संक्रमित कुल संख्या दुई हजार ४ सय ५ पुगेको छ भने आईतबार १६ जना निको भएर घर फर्केकाछन् । योसगैं बाँकेका एक हजार ८ सय ९ जनाले कोरोना जितेकाछन् । यस्तै ५ सय ७० जना सक्रिय कोरोना संक्रमित रहेकाछन् ।

त्यसैगरि बाँके जिल्लामा होम आइसोलेसन बस्नेहरुमा नेपालगन्जका ११८ जना, काहेलपुरका ४६ जना, खजुराका ११ जना, बैजनाथका ५ जना र जानकी गाउँपालिकाका ३ जना गरि १८३ जना रहेकाछन् । भने डुडुवा, राप्तीसोनारी र नरैनापुरमा होम आइसोलेसन बस्ने कोही पनि छैनन् ।