७ पुरुष सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु


७ पुरुष सहित थप ९ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : नेपालमा सोमबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाँच जिल्लाका ७ पुरुष र २ महिला सहित थप ९ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ४५ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार सुनसरीका ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंका ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरका ५० वर्षीय पुरुष, चितवनका ४० वर्षीया महिला र रुपन्देहीका ७४ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार २२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ५८ प्रतिशत छ ।