तपाईले बोक्ने मोबाइल फोनको स्क्रिनमा कोरोना भाइरस छ !


तपाईले बोक्ने मोबाइल फोनको स्क्रिनमा कोरोना भाइरस छ !

नेपालगन्ज : शोधकर्ताका अनुसार कोभिड–१९ को लागि जिम्मेवार कोरोना भाइरस फोनको स्क्रिन, नोट र स्टेनलेस स्टील जस्ता केही सतहमा २८ दिनसम्म बाँच्न सक्छ ।

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका अनुसार सार्स–कोभ–२भाइरस केही सतहमा केही लामो समयसम्म जीवित रहन सक्छ । यो शोध अँध्यारो एवं स्थिर तापमानमा गरिएको थियो । जबकी के पनि पुष्टि भएको छ भने अल्ट्राभाइलेट किरणको प्रयोगले यो कोरोना भाइरस नष्ट हुन्छ । कतिपयले भने यसमा सन्देह गरेका छन्, सतहमा रहने कोरोना भाइरस मान्छेलाई संक्रमित बनाउने वास्तविक जोखिम कति छ ?

धेरैजसो अवस्थामा कोरोना भाइरसको संक्रमण व्यक्तिले कुरा गर्दा वा खोक्दा निस्कने थुकका छिटाबाट सर्ने गर्छ ।

यसअघि ल्याबमा भएको परीक्षणबाट के पुष्टि भएको थियो भने नोट र काँचमा कोरोना भाइरस दुई देखि तीन दिनसम्म जीवित रहन सक्छ । जबकी स्टेनलेस स्टीलको सतहमा यो ६ दिनसम्म बाँच्न सक्छ । अहिले ल्याबको नतिजामा थोरै फेरबदल देखिएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यद्यपि अष्ट्रेलियन एजेन्सी सीएसआइआरओको एक नयाँ अध्ययन अनुसार यो भाइरस एकदमै बलियो छ र २० डिग्री सेल्सियसको तापमान र अँध्यारोमा मोबाइल फोनको सिसा, प्लाष्टिक, पैसाको नोट जस्तो चिल्लो सतहमा २८ दिनसम्म जीवित रहन सक्छ । कोरोना भाइरसको तुलनामा यस्तै परिस्थितीमा फ्लुको भाइरस १७ दिनसम्म जीवित रहन्छ ।

भाइरोलजी जर्नलमा प्रकाशित रिसर्च अनुसार चिसो तापमानको तुलनामा तातो तापममानमा यो भाइरस कम समयसम्म जीवित रहन सक्छ । ४० डिग्री सेल्सियसमा राख्दा केही सतहमा यो भाइरस २४ घण्टाभित्र संक्रामक हुँदैन । चिल्लो सतहमा यो लामो समय बाँच्न सक्छ भने कपडा जस्तो सतहमा यो लामो समय बाँच्न सक्दैन ।

विश्वभरको तथ्यांक हेर्ने हो भने मासु प्रशोधन केन्द्रमा काम गर्ने हजारौं व्यक्ति कोरोना संक्रमित भएका छन् ।

यसअघि भाइरस संक्रमणका धेरैजसो कारणमध्ये बन्द कोठामा कम गर्नु, चिसो एवं ओसिलो माहौल बनाइरहनु पनि थियो । साथै चर्को ध्वानी भएको स्थानमा काम गर्नेहरु चर्को स्वरमा बातचित गर्नुपर्ने भएकाले उनीहरुमा पनि यो संक्रमण फैलने जोखिम थियो ।

सीएसआईआरओका शोधकर्ताका अनुसार उनीहरुको शोधको नतिजा विगतमा आएको शोधको नतिजासँग मेल खान्छ, जसमा फ्रिजरमा राखिएको ताजा खानामा भाइरस अधिक समयसम्म जीवित रहन सक्छ । यद्यपि विश्व स्वास्थ्य संगठनका अनुसार खानेकुराको माध्यामबाट अहिलेसम्म कोरोना सरेको पुष्टि भएको छैन ।