नेपालगन्ज : बाँकेमा थप ३५ जना ब्यक्तिमा कोरोना भारस संक्रमण पुष्टि भएकोछ । यस्तै बाँकेमा गरिएको परीक्षणका क्रममा बाहिरी जिल्लाका थप २८ जनामा कोरोना पुष्टि भएकोछ । यो दुबै संख्यालाई जोड्दा बाँकेमा भएको कोरोना परीक्षणमा कुल ६३ जनामा कोरोना पोजेटिभ पाइएकोछ ।
जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार सोमबार बाँकेमा १० महिला र २५ पुरुष गरि थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । योसगैं बाँकेमा कोरोना संक्रमित हुनेको संखया दुई हजार ४ सय ४० पुगेको केन्द्रले जनाएको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ७ महिला र २१ पुरुष गरि २८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट २ पुरुष र २ महिला गरि ४ जना तथा बागेश्वरी डाईग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला र २ पुरुष गरि ३ सहित थप ३५ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार बाँकेका ३८ जनाले कोरोना जितेर घर फर्केकाछन् । योसहित बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ८ सय ४७ पुगेकोछ। भने हालसम्म बाँकेका २६ जना र बाहिरी जिल्लाका १२ जना गरि ३८ जनाको मृत्यु भएको केन्द्रले जानकारी दिएकोछ । यस्तै बाँकेमा हालसम्म ५ सय ६७ सक्रिय कोरोना संक्रमित रहेकाछन् ।
बाँकेमा गरिएको परीक्षणका क्रममा बाहिरी जिल्लाका ५ महिला र २३ पुरुष गरि थप २८ जनामा कोरोना पुष्टि भएकोछ ।