नेपालगन्ज : जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले परीणाममुखी गतिविधि सञ्चालन गर्ने बताएकाछन् ।
जिल्लाको ट्राफिक ब्यवस्थापन चुस्त, दुरुस्त र व्यवस्थित बनाउँदै यसका लागि एक दिन एक अभियान सञ्चालन गरिने प्रहरी निरीक्षक भण्डारीले बताए ।
नेपालगन्जमा सोमबार पत्रकारहरुबीच गरिएको परिचयात्मक कार्यक्रममा बोल्दै बाँके ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भण्डारीले सुरक्षित सडक र व्यवस्थित सहर बनाउने कार्यमा ट्राफिक प्रहरी केन्द्रित हुने बताए ।
उनले ट्राफिक प्रहरीको एकल प्रयासमा मात्र यो सम्भव नभएको भन्दै आम जिल्लाबासीले सहयोग पुर्याउनुपर्ने धारणा राखे ।
कोरोना भाइरस संक्रमणको जोखिमकाबीच आएको चाडबाडमा उच्च सावधानी अपनाउँदै सडक दुर्घटना न्यूनीकरणदेखि व्यवस्थित पार्किङ आफ्नो प्राथमिकतामा रहेको उनले बताए ।
यस्तै पत्रकारसंग छलफल गर्दै ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक भण्डारीले नेपालगन्जमा अटो र ई–रिक्सा व्यवस्थापन टाउको दुःखाईको विषय बनेको बताउँदै यसको व्यवस्थापनका लागि समन्वय गरिने जानकारी दिए ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी