नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३५९१५ पुग्यो


नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ३५९१५ पुग्यो

नेपालगन्ज : चाडबाड नजिकिदै गर्दा नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेर आएकोछ । दिनहुँ ठूलो मात्रामा कोरोना संक्रमितको संख्या उकालो लागिरहँदा देशमा स्वास्थ्य सम्बन्धि ठूलो जोखिम बढ्ने प्रष्ट छ ।

कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणमा सरकारले प्रभावकारीरुपमा काम गर्न नसकेको आरोप लागिरहँदा नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या झण्डै ३६ हजार नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार थप तीन हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएका हुन् । 

उनका अनुसार मङ्गलबार रातीसम्म देशभर संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रही स्वास्थ्य लाभ लिरहेका छन् ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ७ सय ३३ जना होम आइसोलेसनमा छन् । त्यस्तै प्रदेश १ मा २ हजार ४ सय ५५, प्रदेश २ मा ४ सय ८२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, सुदूरपश्चिम प्रदेशमा ६ सय ९२, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५६० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ५ सय ७७ जनाको पीसिआर परीक्षण गरिएको छ । भने यही अवधिमा थप एक हजार ५ सय ३ जनाले कोरोना जितेका छन् । यो सगैं नेपालमा ७८ हजार ७ सय ८० जनाले कोरोना जितेकाछन् ।

मन्त्रालयका अनुसार मङ्गलबार देशभर कोरोना संक्रमित थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएकोछ ।

मन्त्रालयका अनुसार मङ्गलबार बेलुकासम्म प्रदेश १ मा ६८३४, प्रदेश २ मा १५१११, बाग्मती प्रदेशमा ३०४२९, गण्डकी प्रदेशमा ४२९०, लुम्बिनी प्रदेशमा १०९७९, कर्णाली प्रदेशमा ३७९८ र सुदूरपश्चिम प्रदेशमा ७६३९ जना डिस्चार्ज भइसकेकाछन् ।