भारतबाट आएकाहरु होल्डिङ सेन्टरबाट सिधै घर, बसपार्कका ब्यवसायीलाई मर्ने डर


भारतबाट आएकाहरु होल्डिङ सेन्टरबाट सिधै घर, बसपार्कका ब्यवसायीलाई मर्ने डर

नेपालगन्ज : कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका जमुनाहमा बनाइएको होलिडङ सेन्टरकै कारण यतिबेला बसपार्क क्षेत्रका ब्यापार बन्द जस्तै बन्न पुगेकोछ ।

चाडबाडका बेला मनग्य ब्यापार ब्यवसाय हुने गरेकोमा यसपटक त्यसो हुन सकेन । फ्याट्फुट्ट केही ब्यापार भएपनि सोँचे जस्तो नभएको स्थानीय होटल ब्यवसायी बताउँछन् ।

कोरोना कहरमा त्रासकाबीच जिविको पार्जनकै लागि भएपनि केही ब्यापार ब्यवसाय हुने आशा गरेका बेला जमुनाह क्षेत्रबाटै मनपरी यातायात सञ्चालन गरिदिदा उनीहरुले सास्ती खेप्नु परेको हो ।

विचौलिया र दलालको मिलोमतो तथा ठूला ब्यवसायीको दादागिरीले यतिबेला जमुनाह क्षेत्र बसपार्कमा परिणत बनेकोछ । यसको नियमक कार्यालय तथा सम्बद्ध सरोकार गैरजिम्मेवार र उदासिन बन्दा बसपार्क क्षेत्रको ब्यवसाय धरापमा परेको हो ।
भारतबाट नेपाल आउनेहरु होल्डिङ सेन्टरमा रहने र त्यहीबाट गाडी चढेर घर जाने गरेकाले बसपार्क क्षेत्रका ब्यवसायीको ब्यापार ब्यवसाय हुन सकेको छैन ।

Kanti Aarogya Hospital Nepalgunj

कोरोना महामारीका बीच नजिकिएको चाडबाडमा नेपालगन्ज बसपार्क क्षेत्रका होटल, व्यवसाय सुनसान छ । सरकारले सार्वजनिक यातायात खुला गरेपनि बसर्पाक क्षेत्र भन्दा फरक क्षेत्रबाट मनपरी यातायात सञ्चालन भएपछि यतिबेला उनीहरुलाई मार परेकोछ ।

यसअघि जमुनाहा नाकामा सञ्चालन भईरहेको होल्डिङ सेन्टर तत्काल बन्द गर्नुपर्ने, नभए होल्डिङ सेन्टरबाट छुट्ने सवारीसाधन बसपार्क जानुपर्ने वा यात्रुहरूको गन्तव्यसम्म नै जानुपर्ने, पहुँच वा ठुला व्यवसायीको सवारीसाधन जुनसुकै स्थानबाट सञ्चालन हुन पाउने कार्य बन्द हुनुपर्ने, जमुनाहा चौकी क्षेत्रमा हुने गरेको बिकृतिलाई बन्द गर्नुपर्ने, कुनै पनि सवारीसाधनले सुरक्षाका मापदण्ड पुरा नगरेकोले सबैले पूरा गर्नुपर्ने माग गर्दै व्यवसायी आन्दोलनरत रहेकाछन् ।

यसैबीच सार्वजनिक सवारी साधन व्यवस्थित गर्नुपर्ने भन्दै नेपालगन्जका व्यवसायी आन्दोलनमा उत्रिएकाछन् ।
यसअघि ११ बुदेँ माग राख्दै आन्दोलित बनेका नेपालगन्जका ब्यवसायीहरुले आफ्नो मागको सम्बोधन नभएको भन्दै नेपालगन्ज उपमहानगरपालिका अगाडी धर्ना दिएका हुन् ।

धर्नाका क्रममा बोल्दै ट्रेड युनियन महासंघ (टुकोन) लुम्बिनी प्रदेश सभापति प्रेम बहादुर खत्रीले सवारीसाधन तोकिएको ठाउँभन्दा फरक ठाउँबाट सञ्चालन भईरहेकोले कार्य व्यवस्थापन हुन नसक्दा बसपार्क रोडका व्यवसायीहरूको व्यवसाय समस्यामा परेकाले निश्चित ठाउँबाट मात्रै सञ्चालन गर्नुपर्ने बताए ।

यसअघि ब्यवसायीहरुले बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज उद्योग वाणिज्य संघलाई उक्त अनुरोध गरेका थिए ।