एप्पलद्वारा आइफोनका चार नयाँ मोडल लन्च


एप्पलद्वारा आइफोनका चार नयाँ मोडल लन्च

नेपालगन्ज : अमेरिकी टेक कम्पनी एप्पलले आइफोन १२ सिरिज लन्च गर्दै चार नयाँ मोडल बजारमा ल्याएको छ । एप्पलले मंगलबार ‘डिजिटल इभेन्ट’ यसको घोषणा गरेको हो । एप्पलले आइफोन १२ का ह्यान्डसेट फाइभ जी नेटवर्कले सज्जित हुने पनि पुष्टि गरेको छ ।

एप्पल प्रमुख टिम कुकले भने,‘हामी आइफोनको आफ्नो पूरै लाइनअपमा फाइभ जी ल्याउँदै छौं । यो आइफोनका लागि नयाँ युगको सुरुवात हो ।’ एप्पलले आइफोन १२ (६४, १२८, २५६ जीबी स्टोरेज), आइफोन १२: मिनी (६४, १२८ र २५६ जीबी स्टोरेज) का साथै आइफोन १२ प्रो (१२८, २५६ र ५१२ जीबी स्टोरेज), आइफोन १२ प्रो म्याक्स (१२८, २५६ र ५१२ जीबी स्टोरेज) लन्च गरेको छ । यी मोबाइल फोनको मूल्य झन्ण्डै ७० हजारदेखि एक लाख ३० हजार भारतीय रुपैयाँको बीचमा छ ।

आइफोन १२ मिनीको मूल्य ६९ हजार नौ सय, आइफोन १२ को मूल्य ७९ हजार नौ सय, आइफोन १२ प्रोको मूल्य एक लाख नौ हजार नौ सय र आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख २९ हजार नौ सय भारतीय रुपैयाँ छ ।

६४ जीबी स्टोरेज भएको आइफोन १२ मिनीको मूल्य भारतमा ६९ हजार नौ सय रुपैयाँ हुनेछ । तर, यही फोन यदि तपाईंले २५६ जीबी स्टोरेज भएको खरिद गर्दा मूल्य बढेर ८४ हजार नौ सय रुपैयाँ हुनेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तै ५१२ जीबी स्टोरेज भएको आइफोन १२ प्रो म्याक्सको मूल्य एक लाख ५९ हजार नौ सय रुपैयाँ हुनेछ । आइफोन १२ मिनी फाइभ जी प्रविधियुक्त विश्वको सबैभन्दा सानो फोन हो ।

विश्वभर आइफोन १२ मिनीका लागि प्रि–अर्डर नोभेम्बर ६ बाट सुरु हुनेछ भने नोभेम्बर १३ बाट उपलब्ध हुनेछ । आइफोन १२ र आइफोन १२ प्रोको प्रि–अर्डर अक्टोबर १६ बाट सुरु हुने भने अक्टोबर २३ बाट पाइनेछ । यस्तै आइफोन १२ प्रो म्याक्सको प्रि–अर्डर नोभेम्बर १३ बाट सुरु भएर नोभेम्बर २० बाट बिक्री सुरु हुनेछ ।