कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु


कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

नेपालगन्ज : नेपालमा थप कोरोना भाइरस संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ६७५ पुगेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । भने सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आईतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।