नेपालगन्ज : नेपालमा बुधबारसम्म थप २ हजार १ सय ७४ जना कोरोना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा हालसम्म निको हुनेको कुल संख्या ८१ हजार नजिक पुगेको छ ।
नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यस्तो बताएका हुन् । गौतमका अनुसार बुधबार बेलुकासम्म ८० हजार ९४५ जना कोरोना संक्रमित निको भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा थप १३ हजार ९४७ जनाको पीसीआर भएकामा २ हजार ६३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेको छ ।
बुधबार बेलुकासम्म देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १२ जना संक्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमितको मृत्यु संख्या ६७५ पुगेको छ ।