नेपालगन्ज : कोरोना बीमा गरेका ब्यक्तिमा संक्रमण पुष्टि भए त्यसको खर्च स्वयंले नै ब्यहोर्नु पर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने जनाएको छ ।
मन्त्रालयले कोरोना संक्रमण परीक्षणसम्बन्धी बनेको नेशनल टेष्टिङ गाइडलाइनको पाँचौ संशोधन गरिएको हो ।
मन्त्रायलका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग, ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने जानकारी दिए ।
उनका अनुसार सरकारको निःशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट नै व्यहोर्नेछ ।
एन्टिजेन टेष्ट मास स्क्रिनिङ्, तुरुन्तै रिपोर्ट चाहिनेको लागि र धेरै व्यक्ति एकै स्थानमा बस्ने (व्यारेक)मा प्रयोग गरिने उनले बताए ।