बाँकेका २० पुरुष सहित थप २८ जनामा कोरोना


बाँकेका २० पुरुष सहित थप २८ जनामा कोरोना

नेपालगन्ज : बाँकेका थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बुधबार थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या २ हजार ५ सय ५४ पुगेकोछ ।

यसरी कोरोना संक्रमण देखिनेमा ८ महिला र २० पुरुष गरि २८ जना रहेका छन् । बुधबार बेलुकासम्म बाँकेमा ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

केन्द्रद्वारा जारी कोरोना रिर्पोटमा भेरी अभेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ५ महिला र १६ पुरुष गरि २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र २ पुरुष गरि ५ जना तथा बागेश्वरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ पुरुष गरि जम्मा २८ जनामा कोरोना संक्रमण भएको छ ।

यस्तै बुधबार बाँकेमा थप २६ जना निको भएर डिस्चार्ज भएकाछन् । यो सगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ८ सय ९९ सय रहेको छ । भने हालसम्म बाँकेका २६ जना र बाँके उपचार गराउन आएका बाहिरी जिल्लाका १२ जना गरि ३८ जनाको मृत्यु भइसकेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj