नेपालगन्ज : कोहलपुर नगरपालिकाको कार्यालय सिल गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि कार्यालय सिल गरिएको हो ।
नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बुधबार बसेको आकास्मिक बैठकले कार्तिक ६ गतेसम्म कोहलपुर नगरपालिका र १५ वटै वडा कार्यालय सिल गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत छबिलाल नेपालीले जानकारी दिए । तर, अत्यावश्यक सेवा भने नरोकिएको उनको भनाइ छ ।
बुधबार नगरपालिकाद्वारा जारी सूचनमा भनिएको छ ‘संक्रामक रोग फैलिन नदिन नगरपालिका कार्यालय, नगर कार्यापालिका, १५ वटै वडा कार्यालय र बिषयगत कार्यालयबाट प्रदान गरिने सेवा कार्तिक ६ गतेसम्म बन्द गरिएको छ ।’