नेपालगन्ज: ‘हातको सरसफाई सबैका लागि–साबुन पानी हात सधै साथसाथ’ भन्ने नाराका विश्व हात धुने दिवस मनाइएको छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा, नेरेसो उपशाखा र स्थानीय तहको वडाहरुको सहभागितामा हात धुने प्रदर्शनी गर्नुका साथै पर्चा पम्पलेट वितरण गरिएको छ ।
कोभिड–१९ को संक्रमण रोकथामका लागि हरेक दिन पटक–पटक २० सेकेण्डसम्म साबुन पानीले हात धुने, मास्क अनिवार्य लगाउने र सामाजिक दूरी कायम गरी राख्ने भन्ने सन्देश समेत प्रवाह गरिएको छ।
देशभर एक महिना (१३ आश्विन देखि १४ कार्तिक) सम्म सञ्चालन भईरहेको साबुन पानीले हात धुने राष्ट्रिय अभियानलाई बाँके रेडक्रसले पनि निरन्तरता दिएको हो । साथै कार्यक्रम सञ्चालन भएको स्थानमा मास्क नलगाएका व्यक्तिहरुलाई मास्क वितरण र हात धुने अभ्यास समेत गराइएको थियो ।
नेपाल रेडक्रस सोसाइटी र युनिसेफ नेपालको साझेदारीमा सञ्चालित कोभिड–१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रमको समन्वयमा स्थानीयतहको विभिन्न वडामा क्रियाशिल सहयोगी कार्य दलहरुको अगुवाईमा साबुन पानीले हात धुने अभियानका रुपमा बाँकेमा पनि सञ्चालन भइरहेकोछ ।