नेपालगन्ज : नेपालमा कोरोना संक्रमित ब्यक्तिको मृत्यु संख्या ७ सय नजिक पुगेकोछ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या ७ सय नजिक पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो ।
यसअघि बुधबार देशभर १२ जनाको मृत्यु भएको छ । मंगलबार देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यसैगरी सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आईतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।