नेपालगन्ज : नेपालमा कोरोना भाइरस संक्रमणका सक्रिय संख्या साढे ३६ हजार नाघेको छ । बिहीबार देशभर ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १६ हजार ५ सय ९८ पीसीआर परीक्षण तीन हजार ७४९ संक्रमित फेला परेका छन् । योसगैं नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख २१ हजार ७४५ पुगेको छ ।
यस्तै मन्त्रालयका अनुसार बिहीबारसम्म देशभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना रहेकाछन् । जसमा प्रदेश नम्बर १ मा ७ सय ९३, प्रदेश नम्बर २ मा, बागमती प्रदेशमा ७ हजार ७ सय ९ र गण्डकी प्रदेशमा ७ सय ११ जना रहेका छन् । यसैगरि लुम्बिनी प्रदेशमा १ हजार ६ सय ३७, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरि होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । जसमा प्रदेश नम्बर १ मा ४ हजार ४२, प्रदेश नम्बर २ मा ६ सय ४१, बागमती प्रदेशमा १५ हजार २ सय २८ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय १७, कर्णाली प्रदेशमा ६ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ६ सय ८१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
मन्त्रालयका अनुसार बिहीबार ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएसँगै देशभर ८४ हजार ५ सय १८ जनाले कोरोना जितेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ । बिहीबारमात्रै १९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय ९४ पुगेको हो ।