नेपालगन्ज : बाँकेमा बिहीबार थप ४४ जना ब्यक्तिमा कोरेना संक्रमण देखिएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको रिपोर्ट अनुसार १३ महिला र ३१ पुरुष गरि थप ४४ जना ब्यक्तिमा कोरोना संक्रमण देखिएको हो । योसगैं बाँकेमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ५ सय ९८ पुगेको छ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र २३ पुरुष गरि ३१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोपलुरको प्रयोगशालाबाट ५ महिला र ७ पुरुष गरि १२ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ जना पुरुष गरि थप ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
केन्द्रका अनुसार बाँकेका विभिन्न आइसोलेसन तथा अस्पतालमा रहेका थप ६४ जना कोरोना संक्रमित निको भएर घर फर्केकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ९ सय ६३ पुगेकोछ । बिहीबार बेलुकासम्म बाँकेमा ६ सय ८ जना सक्रिय कोरोना संक्रमति रहेका छन् । भने बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेकोछ ।
यस्तै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका १२ जना कोरोना संक्रमितको मृत्यु भइसकेकोछ । केन्द्रद्वारा जारी रिर्पोटमा बिहीबार मात्रै बाँके बाहिरका ५ महिला र १६ पुरुष गरि थप २१ जनामा कोरोना पुष्टि भएकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २ महिला र ११ पुरुष गरि १३ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहालपुरको प्रयोगशालाबाट २ महिला र ५ पुरुष गरि ७ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट १ महिला गरि २१ जनामा कोरोना पुष्टि भएकोछ ।