सशस्त्रद्वारा मास्क वितरण


सशस्त्रद्वारा मास्क वितरण

नेपालगन्ज : सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी बाँकेले कोरोना भाइरस संक्रमण, रोकथाम तथा यसबाट बच्न आवश्यक जनचेतनामुलक कार्यक्रम गरि मास्क वितरण गरेकोछ ।

डुडुवा गाउँपालिका वडा नम्बर–१ स्थित नरेन्द्र प्राथमिक बिद्यालयको प्राङगणमा सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी बाँकेको आयोजनामा कोरोना भाइरस सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि ४ सय जना स्थानीयलाई मास्क निशुल्क वितरण गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

जिल्ला समन्वय समिति बाँकेका उप–प्रमुख ज्ञानेन्द्र चौधरी, बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बम, डुडुवा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

सोही क्रममा नयाँबस्ती, कालाबञ्जर र सन्तलिया गाउँमा तीन हजार थान मास्क बितरण गरिएको थियो ।