नवरात्रमा शक्तिपीठ खोल्न नपाइने


नवरात्रमा शक्तिपीठ खोल्न नपाइने

नेपालगन्ज : कोरोना माहामारीकाबीच आज रातीबाट नरात्र शुरु हुदैँछ । दशैंको पहिलो दिन घटस्थापना विविध तवरले घरघरमा घटस्थापना गरिदैं छ । तर, यस वर्षको नवरात्रमा देशभरका कुनैपनि शक्तिपीठ खोल्न नपाइने भएकोछ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी यस वर्षको नवरात्रमा कुनै पनि मठमन्दिर एवं शक्तिपीठ खोल्न नदिन निर्देशन दिएको छ ।

योसगैं पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिरसहितका मठमन्दिर एवम शक्तिपीठ बन्द हुनेभएकाछन् । त्यसो त कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वर्ष चैत्र ११ गतेदेखि सरकारले लगाएको बन्दाबन्दी र स्वास्थ्य प्रोटोकलका अनुसार देशभरीका मठमन्दिर बन्द भएका छन् । बन्द भएपनि नियमित पूजाअर्चना भने भइरहेकोछ ।

बिहीबार मन्त्रालयले सबै स्थानीय प्रशासनलाई परिपत्र जारी गरी मन्त्रिपरिषद्ले मठमन्दिर खोल्ने विषयमा कुनै पनि निर्णय नगरेकोले दशैंमा शक्तिपीठमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शक्तिपीठ खुला गर्दा कोरोनाको प्रसार झनै बढ्नेबारेमा स्वास्थ्य मन्त्रालयको समेत चासो रहेको र मन्त्रिपरिषद्ले समेत धार्मिक क्षेत्र खुला गर्ने निर्णय नगरेकोले सोही अनुसार परिपत्र गरिएको जानकारी दिए ।

असोजको दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सीसीएमसीमा प्रस्ताव पठाएको थियो । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले आफूहरुले शक्तिपीठ खोल्नेबारेमा गरेको प्रस्तावमा अहिलेसम्म कुनै जवाफ नआएको बताए । सो प्रस्तावमा स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्ने गरी देवालयहरू खोल्न आग्रह गरिएको थियो ।

त्यस्तै, २१ असोजमा ओलाङ्चुङ्गोला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पनि कात्तिक १ गतेदेखि शक्तिपीठ खोल्ने तयारी भइरहेको बताएका थिए ।

तर, मन्त्रालयको प्रस्तावमा सीसीएमसीले कुनै निर्णय गरेको छैन । सीसीएमसीले निर्णय गरेर मन्त्रालयमा सो प्रस्ताव पठाउनु पर्नेमा सीसीएमसीले निर्णय नै गरेको छैन ।

गृहले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले अर्काे निर्णय नगरुन्जेलसम्मको लागि भनेर सबै मन्दिर एवं शक्तिपीठ बन्द गर्न निर्देशन दिएको बुढाले जानकारी दिए ।

यसरी चाडबाडकै मुखमा देशभरीका शक्तिपीठ बन्द गरिएपछि वर्षौंदेखि चल्दै आएका धार्मिक परम्परा र पूजापाठमा अंकुश लाग्ने भएकोछ ।

केही धार्मिक गुरुले स्वास्थ्यको मापदण्ड पूरा गरि मठमन्दिरमा उचित ब्यवस्थापन गर्दै खोल्न पाउनुपर्ने तर्क राख्दै आएकाछन् । विशेष गरि दशैंमा हुने ९ दिनसम्मको पूजापाठ, विशेष पूजा तथा बली प्रथा समेत प्रभावित बन्ने भएकोछ । यसले धार्मिक आस्थामाथि प्रहार गरेको भन्दै सरकारले अन्याय गरेको धार्मिक गुरुले बताउँदै आएकाछन् ।

यता, बाँकेमा नवरात्रमा राखिने देविको मूर्ती पहिलेको भन्दा कम राखिने भएको छ । नेपालगन्ज सहित जिल्लाका विभिन्न स्थानमा देविको मूर्ती स्थापना गरि ९ दिनसम्म विशेष पुजापाठ पश्चात नजिकको नदि, खोलामा लगेर देविको मूर्ती विर्सजन गरिने चलनछ ।

कोरोना भाइरस संक्रमणका कारण सिर्जित असज परिस्थितीका कारण सबैठाँउ देविको मूर्ती राख्ने अवस्था छैन । यद्यपी मूर्तीको माग भएपनि प्रयाप्त मात्रामा मूर्ती निर्माण नभएकोले सिमित स्थानमा मात्र मूर्ती राखिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाको त्रिभुवन चोक, सदरलाईन, गणेशपुर, फुल्टेक्रा, डिएसपी रोड, वसन्त मल्ल चोक, गगनगञ्ज, धम्बोझि चोक लगायतका स्थानमा मूर्ती राख्नका लागि सबै ब्यवस्थापन गरिएको पाइएकोछ ।