नेपालगन्ज: असोज महिनाको अन्तिम दिन आज देशभर कोरोना भाइरसका थप चार हजार ३ सय ९२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर चार हजार ३ सय ९२ संक्रमित थपिएका हुन् । योसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ ।
मन्त्रालयका अनुसार शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ पुगेकोछ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ५ सय २२ जना कोरोना संक्रमित निको भएकाछन् । योसगैं हालसम्म ८८ हजार ४० जनाले कोरोना जितेर घर फर्किसकेकाछन् । भने हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा यी ब्यक्तिमा कोरोा देखिएको हो । योसगैं शुक्रबारसम्म देशभर १२ लाख ५४ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । भने देशभर चार हजार ८०८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशका विभिन्न अस्पतालमा ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । त्यसैगरि ३१५ जना कोरोना संक्रमित ब्यक्तिको आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएकोछ ।