पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु


पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएकोछ । यो सगैं नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय नाघेको छ ।

गत २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमित मृतकको संख्या ७ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि बिहिबार १९ जनाको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

गत २४ घण्टामा ४ हजार ३ सय ९२ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ । कुल संक्रमितमध्ये ३७ हजार ३ सय ८२ सक्रिय संक्रमित छन् ।