बाँकेमा शुक्रबार २२ पुरुष सहित ३७ जनामा कोरोना संक्रमण


बाँकेमा शुक्रबार २२ पुरुष सहित ३७ जनामा कोरोना संक्रमण

नेपालगन्जः बाँकेमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण देखिएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार १५ महिला र २२ पुरुष गरि थप ३७ जनामा कोरोना पुष्टि भएकोछ। योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या दुई हजार ६ सय ३५ पुगेकोछ ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र १६ पुरुष गरि २४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ५ महिला र ५ पुरुष गरि १० जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेनटर कोहलपुरको प्रयोगशालाबाट २ महिला र एक पुरुष गरि ३ सहित थप ३७ जनामा कोरोना संक्रमण पाइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुक्रबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रमा बसेका १७ जना कोरोना संक्रमित निको भएकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या एक हजार ९ सय ८० पुगेकोछ । भने जिल्लामा ६ सय २८ जना सक्रिय कोरोना संक्रमित रहेकाछन् ।

केन्द्रका अनुसार हालसम्म बाँके जिल्लाका २७ र बाँकेमा आएर उपचार गराउने बाहिरी जिल्लाका १३ जना सहित ४० जनाको मृत्यु भइसकेकोछ ।