नेपालगन्जकी १८ वर्षिया बालिकासहित थप दुईको मृत्यु


नेपालगन्जकी १८ वर्षिया बालिकासहित थप दुईको मृत्यु

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमित थप दुई जनाको मृत्यु भएकोछ । शुक्रबार अबेर राती नेपालगन्ज उपमहानगरपालिकाका एक बालिका सहित दुईजनाको मृत्यु भएको हो ।

जिल्लामै पहिलोपटक सानो उमेरको कोरोना संक्रमित ब्यक्तिको मृत्यु भएको यो पहिलो घटना भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकाँदोकी कोरोना संक्रमित १८ वर्षिया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ । भने अर्का नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ६१ वर्षिय पुरुषको मृत्यु भएकोछ । यी दुई कोरोना संक्रमितको बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ती १८ वर्षिया बालिकालाई असोज २८ गते कोरोना शंकामा स्वाब परीक्षण गरिएको थियो । असोज २९ गते आएको रिर्पोटमा कोरोना पोजेटिभ पाइएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आइसोलेसन वार्डमा राखी उपचार गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

उनको उपचारका क्रममा शुक्रबार राती १० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ । उनलाई बचाउन एन्टिबायोटिक, रेमडिसिभर तथा भेन्टिलेटरमा समेत राखिएको भएपनि उनको स्वास्थ्यमा सुधार नभई श्वासप्रश्वासमा समस्या हुदाँ मृत्यु भएको केन्द्रले जनाएको छ ।

यस्तै कोरोना संक्रमित नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगरका ६१ वर्षिय पुरुषको मृत्यु भएकोछ ।

कोरोना संक्रमणको आशंकामा गत असोज २४ गते भेरी अस्पताल नेपालगन्जमा भर्ना गरि पीसिआर परीक्षण गर्दा असोज २५ गते आएको रिपोर्टमा उनी कोरोना पोजेटिभ पाइएका थिए ।

कोरोना पोजेटिभ पाइएका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अपनाउनुपर्ने सम्पूर्ण पद्धतीबाट उपचार गरिएको थियो । रेमडेसिभर र प्लाज्मा थेरापीबाट उपचार गर्दा समेत उनको अवस्थामा सुधार नभएपछि शुक्रबार राती ९ बजे उनको निधन भएको केन्द्रले जनाएकोछ । कोरोना संक्रमित उनलाई श्वासप्रश्वासको समस्या भएपछि मृत्यु भएको हो ।

योसगैं बाँकेमा कोरोना संक्रमित २९ जनाको ज्यान गएकोछ । चाडबाडसगैं कोरोना संक्रमितको मृत्यु र संक्रमण दर बढेपछि यतिबेला आम जनतामा त्रासको वातावरण सिर्जना भएकोछ । यद्यपी स्वास्थ्य सम्बन्धि मापदण्डलाई पालना उल्लेख्यरुपमा पालना गरिएको छैन ।