नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार थप तीन हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।
योसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ ।
नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शनिबारसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ रहेका थिए । भने जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।
यसैगरी मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार बितको २४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।
यसैगरी शनिबारमात्रै नेपालमा थप १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?