३१६७ जनामा कोरोना पुष्टि


३१६७ जनामा कोरोना पुष्टि

नेपालगन्ज : नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार थप तीन हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ ।

योसगैं नेपालमा कुल कोरोना संक्रमितको संख्या एक लाख २९ हजार ३ सय ४ पुगेको छ ।

नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार शनिबारसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ रहेका थिए । भने जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।

यसैगरी मन्त्रालयका प्रवक्ता डाक्टर गौतमका अनुसार बितको २४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ ।

यसैगरी शनिबारमात्रै नेपालमा थप १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।