बाँकेका २०२२ जनाले कोरोना जिते


बाँकेका २०२२ जनाले कोरोना जिते

File Photo

नेपालगन्ज : बाँकेका तीन प्रयोगशालामा गरिएको कोरोना परीक्षणबाट थप ३८ जनामा कोरोना पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिबार १४ महिला र २४ पुरुष सहित ३८ जनामा कोरोना संक्रमण देखिएको हो । योसगैं बाँकेमा कुल कोरोना संक्रमित संख्या दुई हजार ६ सय ७३ पुगेकोछ ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ८ महिला र १० पुरुष गरि १८ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ६ महिला र १२ पुरुष गरि १८ जना तथा बागेशवरी डाइग्नोष्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ जना पुरुष गरि कुल ३८ जनामा कोरोना संक्रमण देखिएको हो ।

केन्द्रका अनुसार शनिबार बाँकेका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका थप ४२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

योसगैं बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार २२ जना पुगेको छ । भने बाँकेमा हालसम्म २९ जनाको मृत्यभएको यस्तै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका कोरोनासंक्रमित १३ जनाको मृत्यु भइसकेकोछ ।