तीन दिन देशभर कोरोना परीक्षण नहुने


तीन दिन देशभर कोरोना परीक्षण नहुने

नेपालगन्ज : देशभरका प्रयोगशालामा कोरोना परीक्षण नहुने भएकोछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन दिन देशभरका प्रयोगशालामा कोरोना परीक्षण नहुने भएको हो ।

कोरोना माहामारीकाबीच भित्रिएको दशैंमा देशभरका प्रयोगशालामा कोरोना परीक्षण नहुने मन्त्रालयले जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

मन्त्रालयका अनुसार दशैंको नवमी, दशमी र एकादशीका दिन नयाँ कोरोना पीसिआर परीक्षण नहुने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यी तीन दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण हुने गरि देशभरका सबै ल्याब पूर्णरुपमा सञ्चालन गर्ने निर्णय गरेको बताए ।