देशभर थप २९४२ जनामा कोरोना संक्रमण


देशभर थप २९४२ जनामा कोरोना संक्रमण

नेपालगन्ज : कोरोना भाइरसका थप दुई हजार ९ सय ४२ संक्रमित फेला परेका छन् । यो सँगै देशभर कुल संक्रमितको संख्या एक लाख ३२ हजार २४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसिआर पीक्षणमा थप दुई हजार ९ सय ४२ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभर आईतबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेकोछ ।

यसैगरि पछिल्लो २४ घण्टामा दुई हजार ३ सय २६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९२ हजार १६६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ७ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ८७५ जनाको पीसीआर परीक्षण गरिएको थियो । आईतबार बेलुकासम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

देशभरका संस्थागत आइसोलेसन १२ हजार ९३३ जना र होम आइसोलेसनमा २६ हजार ४०८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८३१ जना क्वारेन्टिनमा रहेका छन् ।

देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०१ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।