बाँकेमा बाहिरी जिल्लाका १४ कोरोना संक्रमितको मृत्यु


बाँकेमा बाहिरी जिल्लाका १४ कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज : बाँकेमा आईतबार बिहान थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

कोरोना आशंकामा गत असोज १४ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएका ठाकुरबाबा–६ बर्दिया निवासी ४२ एक पुरुषको मृत्यु भएको हो । योसगैं बाँके जिल्लामा उपचारका क्रममा बाहीरी जिल्लाका थप १४ जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको अनुसार गत असोज १६ गते कोरोना पोजेटिभ पाइएका ४२ वर्षिय ती पुरुषको थप उपचारका लागि असोज २७ गते भेरी अस्पताल नेपालगन्जम भर्ना गरिएको थियो ।

रोगको प्रकृतिअनुसार भेरी अस्पतालको कोभिड–१९ युनिटमा अक्सिजन, रेमडेसिभर तथा प्लाज्मा थेरापीबाट उपचाररत ती पुरुषको आईतबार विहान ३ बजे मृत्यु भएको केन्द्रले जनाएको छ । योसगैं बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमित १४ जना ब्यक्तिको मृत्यु भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj