बाँकेमा ६ महिला सहित थप १८ जनामा कोरोना पुष्टि


बाँकेमा ६ महिला सहित थप १८ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा सञ्चालनमा रहेका तीन वटा प्रयोगशालाबाट थप १८ जना ब्यक्तिमा कोरोना भाइरस पुष्टि भएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार आईतबार बाँकेका ६ महिला र १२ पुरुष गरि थप १८ जनामा कोरोना संक्रमण्ढा पुष्टि भएको हो ।

आईतबार कोरोना पुष्टि भएका ब्यक्तिसहित बाँकेमा कुल कोरोना संक्रमित संख्या दुई हजार ६ सय ९१ पुगेकोछ । भने आईतबार मात्रै थप १७ जनाले कोरोना जितेर घर फर्केको केन्द्रले जनाएकोछ । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या २ हजार ३९ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २ महिला र २ पुरुष गरि ४ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहालपुको प्रयोगशालाबाट ७ पुरुष र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ४ महिला र ३ पुरुष गरि ७ सहित जम्मा १८ जना ब्यक्तिमा कोरोना पुष्टि भएको हो ।

केन्द्रका अनुसार आईतबार रातीसम्म जिल्लामा ६ सय २३ जना कोरोना संक्रमित उपचाररत रहेकाछन् । भने हालसम्म बाँकेमा २९ र बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १४ जना कोरोना संक्रमितको मृत्यु भइसकेकोछ ।