थप १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७५७ पुग्यो


थप १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७५७ पुग्यो

File Photo

नेपालगन्ज : कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो ।
आईतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

Kanti Aarogya Hospital Nepalgunj

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।