नेपालगन्ज : बाँकेका तीन प्रयोगशालाबाट थप ८३ जना ब्यक्तिमा कोरोना भाइरस संक्रमण पाइएकोछ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार सोमबार २४ महिला र ५९ पुरुष गरि थप ८३ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो ।
केन्दका अनुसार यसरी कोरोना संक्रमित देखिनेमा बाँकेका १३ महिला र २५ पुरुष गरि ३८ जना तथा बाँके बाहिरका बाहिरका ११ महिला र ३४ पुरुष गरि ४५ जना सहित ८३ जनामा कोरोना संक्रमण पाइएकोछ ।
केन्द्रका अनुसार बाँकेमा सोमबार १३ महिला र २५ पुरुष गरि थप ३८ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । यो सगैं बाँकेमा कोरोना संक्रमित कुल संख्या दुई हजार ७ सय २९ पुगेकोछ ।
केन्द्रका अनुसार सोमबार २ वर्षीय बालकसहित बाँकेका ३१ महिला र ३९ पुरुष गरी ७० जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार एक सय ९ पुगेकोछ ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १० महिला र १६ पुरुष गरि २६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ३ महिला र ७ पुरुष गरि १० जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ पुरुष गरि थप ३८ जनामा कोरोना भाइरस संक्राण् पाइएको हो ।
त्यसैगरी केन्द्रको रिर्पोट अनुसार सोमबार बाँके बाहिरका ११ महिला र ३४ पुरुष गरि ४५ जनामा कोरोना संक्रमण देखिएकोछ । बाँकेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा बाँके बाहिरका यी ब्यक्रिमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ७ महिला र २९ पुरुष गरि ३६ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट २ महिला र ४ पुरुष गरि ६ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट २ महिला र १ पुरुष गरि ३ सहित जम्मा ४५ जनामा कोरोना पुष्टि भएको हो ।
हालसम्म बाँके जिल्लामा कुल सक्रिय कोरोना संक्रमित संखया ५ सय ९१ रहेको छ । जसमध्ये बाँके जिल्लाका २९ जना र बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका १४ जना गरि ४३ जनाको मृत्यु भएकोछ ।