नेपालगन्ज : सिस्ने गाउँपालिका वडा नम्बर ३, पोखरा, रुकुमकी ३१ वर्षिय सुमिता बोहोराले तिम्ल्याह बच्चाको जन्म दिएकीछन् । सुत्केरी ब्यथा लागेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी बोहोराले मङ्गलबार दिउँसो एक मिनेटको फरकमा तीन वटा शिशुको जन्म दिएकी हुन् ।
१२ बजेर ३८ मिनेटमा पहिलो शिशु जन्माएकी सुमिताले १२ बजेर ३९ मिनेटमा दोस्रो र १२ बजेर ३९ मिनेटमा तेस्रो शिशु सकुसल जन्माएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले जनाएकोछ ।
अस्पतालका अनुसार शल्यक्रियाबिना सुमिताले जन्माएका पहिलो बच्चाको एक केजी ४२० ग्राम, दोस्रो बच्चा एक केजी ४८५ ग्राम र तेस्रो बच्चा एक किलो ३६५ ग्राम तौल रहेको छ ।
अस्पतालका अनुसार सुमिताले जन्माएकी तीनवटै शिशु छोरा भएको र आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको ।