नेपालगन्ज : नेपालमा कोरोना संक्रमित थप ८ जनाको मृत्यु भएकोछ । कोरोना भाइरस संक्रमण बढिरहेका बेला कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पनि बढिरहेकोछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।
यसअघि सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । भने आईतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।