File Photo
नेपालगन्ज : देशभर कोरोना भाइरसका थप तीन हजार ९३ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार संक्रमित थपिएका हुन् ।
मङ्गलबार थपिएका तीन हजार ९३ जना सहित देशभर कोरोना संक्रमितको कुल संख्या एक लाख ३९ हजार १२९ पुगेको छ । भने मङ्गलबार बेलुकासम्म सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप दुई हजार १०८ जनाले कोरोना जितेका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत यी कोरोना संक्रमितले कोरोना जित्दै डिस्चार्ज भएका हुन् । त्यसैगरी हालसम्म ९६ हजार ६०९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसगैं मङ्गलबार बेलुकासम्म १३ लाख १४ जनाको ७७९ पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी देशभरका संस्थागत आइसोलेसनमा १३ हजार ५५९ जना र होम आइसोलेसनमा २८ हजार १८६ जना रहेका छन् । मङ्गलबार बेलुकासम्म देशभर चार हजार २२० जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित थप ८ जनाको मृत्यु भएकोछ । कोरोना भाइरस संक्रमण बढिरहेका बेला कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या पनि बढिरहेकोछ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको हो ।
यसअघि सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो । भने आईतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।