बाँकेमा उपचाररत १५ जना कोरोना संक्रमित सिकिस्त


बाँकेमा उपचाररत १५ जना कोरोना संक्रमित सिकिस्त

नेपालगन्ज : बाँकेमा उपचाररत १५ जना कोरोना संक्रमित ब्यक्ति सिकिस्त रहेको पाइएकोछ ।

जिल्ला कोभिड –१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार कोरोना संक्रमित भइ उपचाररत १५ जना ब्यक्ति सिकिस्त रहेका हुन् ।

यसरी सिकिस्त विरामी हुनेमा भेरी अस्पताल नेपालगन्जको कोभिड–१९ आइसोलेसनमा उपचाररत ५ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड–१९ आइसोलेसनमा १० जना गरि १५ जना कोरोनाका विरामी सिकिस्त रहेकाछन् ।

यस्तै केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत ३५ जना विरामी मध्यम र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत २४ जना कोरोनाका विरामीको स्वास्थ्य अवस्था मध्यम रहेको जनाएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रका अनुसार भेरी अस्पतालमा २० महिला र २० पुरुष गरि ४० जना तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा २० महिला र ३१ पुरुष गरि ५१ जना कोरोनाका विरामी उपचाररत रहेकाछन् ।

यो तथ्यांकलाई जोड्दा बाँके जिल्लाका दुई अस्पतालमा ४० महिला र ५१ पुरुष सहित ९१ जना कोरोना संक्रमित उपचाररत रहेको छन् ।