बाँकेका ४८ पुरुष सहित ७४ जनामा कोरोना पुष्टि


बाँकेका ४८ पुरुष सहित ७४ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँके जिल्लामा सञ्चालनमा रहेका तीनवटा कोरोना जाँच प्रयोगशालामा गरिएको पीसिआर परीक्षणमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोछ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार मङ्गलबार २६ महिला र ४८ पुरुष गरि थप ७४ जनामा कोरोना भाइरस संक्रमण पाइएको हो । योसगैं बाँके जिल्लामा कोरोना संक्रमित संख्या दुई हजार ८ सय ३ पुगेकोछ ।

केन्द्रका अनुसार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट १७ महिला र ३३ पुरुष गरि ५० जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट ४ महिला र ९ पुरुष गरि १३ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशलाबाट ५ महिला र ६ पुरुष गरि ११ सहित थप ७४ जना ब्यक्तिमा कोरोना पुष्टि भएको छ ।

यस्तै केन्द्रद्वारा जारी रिर्पोटमा बाँकेका तीन वटा प्रयोगशालामा गरिएको पीसिआर परीक्षणबाट बाहिरी जिल्लाका ७ महिला र २९ पुरुष गरि ३६ जनामा कोरोना पुष्टि भएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट ५ महिला र १७ पुरुष गरि २२ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहपलुरको प्रयोगशालाबाट २ महिला र ९ पुरुष सहित ११ जना तथा बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट ३ पुरुष सहित ३६ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेमा मङ्गलबार थप २५ महिला र ४१ पुरुष गरि ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएकाछन् । योसगैं बाँकेमा कोरोना जित्नेको संख्या दुई हजार १ सय ७५ पुगेकोछ । मङ्गलबार बेलुका सम्म बाँकेमा कुल ५ सय ९९ जना सक्रिया कोरोना संक्रमित रहेकाछन् ।

हालसम्म कोरोना संक्रमणबाट बाँके जिल्लाका २९ जना कोरोना संक्रमित ब्यक्तिले ज्यान गुमाएकाछन् । भने बाँकेमा उपचारका क्रममा बाहिरी जिल्लाका १४ जनाको ब्यक्तिको मृत्यु भएकोछ ।