होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो, जिल्लामै नेपालगन्जका बढि


होम आइसोलेसनमा बस्नेको संख्या बढ्दो, जिल्लामै नेपालगन्जका बढि

नेपालगन्ज : कोरोना संक्रमणको ग्राफ निरन्तर उकालो लागिरहेकोछ । यस्तोबेला सरकारले कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनिकरणका लागि गर्नुपर्ने पहलकदमी कार्य नगरेको आम नागरिकबाट गुनासो बढिरहेको बेला सरकारले होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएपछि शव ब्यवस्थापन मृतकको परिवारले नै गर्ने नीति अघि सारेकोछ ।

सरकारले यस्तो नीति अघि सारिरहदाँ बाँके जिल्लामा होम आइसोलेसन बस्नेको संख्या दिनहुँ बढिरहेकोछ । कोरोना जस्तो संक्रामक रोग र संक्रमित ब्यक्ति २४ सै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा रहनुपर्ने अवस्थामा होम आइसोलेसनमा बस्न सरकारले दवाव दिइरहेकोछ ।

कोरोनाको संक्रमण र यसको प्रभाव बढिरहेका बेला दिनहुँजसो सरकारले यो या त्यो ढंगले कोरोनाको परीक्षण यसको रोकथाम र न्यूनिकरणमा केटाकेटी ब्यवहार प्रस्तुत गरिरहेकोछ । अझ कोरोना संक्रमित ब्यक्तिको समयमै राम्रो उपचार नपाएर होम आइसोलेसनमा मर्नेहरुको संख्या बढिरहेकोछ ।

यसैबिच जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेको रिपोर्ट अनुसार बाँकेमा होम आइसोलेसनमा बस्नेको संख्या बढोत्तरी भएर आएकोछ । मङ्गलबार बेलुका सम्म बाँकेका विभिन्न पालिका तहमा होम आइसोलेसनमा बस्नेको संख्या २ सय २७ पुगेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँके जिल्लाका ८ पालिका तहमा १०२ महिला र १२५ पुरुष गरि जम्मा २ सय २७ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसेकाछन् । जसमा सबै भन्दा बढि नेपालगन्ज उपमहानगरपाकिला रहेकाछन् । भने दोस्रो स्थानमा कोहलपुर तथा तेस्रो स्थानमा खजुरा गाउपाािलका रहेको छ ।

केन्द्रका अनुसार नेपालगन्ज उपमहानगरपालिकामा ५७ महिला र ७६ पुरुष गरि १ सय ३३ जना होम आइसोलेसनमा रहेका छन् । भने कोहलपुर नगरपालिकामा २३ महिला र २८ पुरुष गरि ५१ जना तथा खजुरा गाउँपालिकामा १४ महिला र ९ पुरुष गरि २३ जना होम आइसोलेसनमा रहेकाछन् ।

यस्तै जानकी गाउँपालिकाका ७ महिला र ७ पुरुष गरि १४ जना, बैजनाथ गाउँपालिकामा ३ पुरुष, डुडुवा गाउँपालिकामा १ महिला र १ पुरुष गरि २ जना तथा राप्ती सोनारी गाउँपालिकामा १ जना पुरुष होम आइसोलेसनमा रहेकाछन् । मङ्गलबार बेलुकासम्म बाँकेको नरैनापुर गाउँपालिकामा होम आइसोलेसनमा बस्ने संख्या शून्य रहेकोछ ।