वडास्तरमा कोरोना फोकल पर्सन तोकिए (नाम र सम्पर्क नम्बरसहित लिस्ट हेर्नुहोस्)


वडास्तरमा कोरोना फोकल पर्सन तोकिए (नाम र सम्पर्क नम्बरसहित लिस्ट हेर्नुहोस्)

नेपालगन्ज : कोरोना संक्रमितहरुको सहज ब्यवस्थापनका लागि वडा स्तरीय कोरोना फोकल पर्शन तोकिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रत्येक वडामा एक–एक कोरोना फोकल पर्शन तोकिएको हो ।

कोरोना संक्रमित व्यक्तिहरुलाई होम आइसोलेसनमा तथा आइसोलेसनमा बसि स्वास्थ्य लाभ लिनका लागि समन्वय गर्न वडास्तरमा कोरोना फोकल पर्सन तोकिएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

सरकारको पछिल्लो निर्णयले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरु होम आइसोलेसनमा समेत बस्न सक्ने मापदण्ड बनाएपछि यसको कार्यान्वयनका लागि नेपालगन्जका प्रत्येक वडामा कोरोना फोकल पर्शन तोकिएकोछ ।

जिल्लामा कोरोना संक्रमित बस्नेहरुको संख्या बढ्दै गएका बेला नेपालगन्जमा सबैभन्दा बढि १३३ जना कोरोना संक्रमित होम आइसोलेसनमा बसी स्वास्थ्य लाभ लिइरहेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

यसरी होम आइसोलेसनमा बस्दा वडास्तरीय कोरोना फोकल पर्शनसंग समन्वय गरेर बस्न सजिलो बनाउन र संक्रमितलाई तत्काल स्वास्थ्य समस्या आए समन्वय गरि थप उपचारको ब्यवस्थापन गर्न वडास्तरमै कोरोना फोकल पर्शन तोकिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका हेल्थ असिस्टेण्ट तेज बहादुर ओली बताँउछन् ।

नेपालगन्ज उपमहानगरपालिकाका वडागतरुपमा तोकिएका फोकल पर्शनहरुको नामावली र सम्पर्क नम्बर क्रमागतरुपमा यसप्रकार रहेका छन् । पठविर बुढाथोकी ९८४९८८१५६५, कृष्ण केसी ९८४८०२२४५६, जितकुमार शर्मा ९८६८२१५५०१, पुष्पा खड्का९८४८२२२१८६, अञ्जली बुढाथोकी ९८६६८४१६३५, अमृता दर्लामी ९८४७१०८३१३, सन्देश शाही ९८६८८९४५००, केशवराज पौडेल९८४८०४३०५८, गणेश केसी ९८४४९१७५०२, गगन सिंह साउद ९८४८१४४०५५, अनिष अहमद मनिहार ९८१६५११९१७, आरती चौधरी ९८६६८५२१८०, राजविर वर्णवाल ९८४८२८९१५०, केशव केसी ९८४८०२३१७२, जयराम पाण्डे ९८४८३००७७३, शारदा घर्ती ९८४८०५३५२३, दीपा साउद ९४८२२१७०७, शरन शाही ९८५८०६७०७४, सुनील रत्न बज्रचार्य ९८६४८१४७२५, विरजंग शाह ९८४८०२०४८३, नन्दा गिरी सेन ९८४८१३६१८०, धन प्रसाद न्यौपाने ९८६८८३४२६२ र जितेन्द्र सिंह ९८५८०२९२८० ।