आत्महत्या प्रयास गरेका २४ वर्षिय युवाको कोरोनाले लियो ज्यान


आत्महत्या प्रयास गरेका २४ वर्षिय युवाको कोरोनाले लियो ज्यान

नेपालगन्ज : मानसिक समस्याबाट जुधिरहेका बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएकोछ ।
५ महिना अघिदेखि मानसिक समस्याबाट ग्रसित कञ्चनपुरका २४ वर्षिय ती पुरुषले ६ दिनअघि मात्र आत्महत्याको प्रयास गरेका थिए ।

युवा अवस्थामै मानसिक समस्याबाट ग्रसित ती पुरुषले आत्महत्या प्रयास गर्दा उनको परिवार ठूलो तनावमा रहेको थियो । मानसिक समस्याबाट ग्रसित ती युवाले आत्महत्या प्रयास गरेता पनि उनका परिवारले बचाएका थिए । तर, ६ दिन पछि अन्ततः उनी यो धर्तीबाट सदाका लागि विलिन भए । छोराको उपचार गरि स्वस्थ्य बनाउने उनका आमाबुवाको सपना अधुरै रह्यो ।

मानसिक स्वास्थ्य अवस्था विग्रेकै अवस्थामा उनलाई कोरोनाले छोइसकेको थियो । यद्यपी कोरोना संक्रमण भएकै कारण उनले आत्महत्याको प्रयास गरेको भने होइन । स्वास्थ्य अवस्था विग्रदै गएका बेला नेपालगन्ज मेडिकल कलेजमा गत असोज ३० गते थप उपचारका लागि भर्ना गरिएको थियो ।

कोरोना भाइरससंग मिल्दो लक्षण देखिएका ती पुरुषलाई कोरोना आशंकामा कार्तिक ३ गते सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा पीसिआर परीक्षण गरियो । सोही दिन आएको पीसिआर रिर्पोटमा उनी पोजेटिभ पाइए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोरोना पोजेटिभ पाइएका ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।

योसगैं बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमित ब्यक्तिको मृत्यु हुने संख्या १५ पुगेकोछ । भने बाँके जिल्लाका मात्र २९ जनाको मृत्यु भइसकेकोछ ।