नेपालगन्ज : मानसिक समस्याबाट जुधिरहेका बेलाडी–५ कञ्चनपुरका २४ वर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएकोछ ।
५ महिना अघिदेखि मानसिक समस्याबाट ग्रसित कञ्चनपुरका २४ वर्षिय ती पुरुषले ६ दिनअघि मात्र आत्महत्याको प्रयास गरेका थिए ।
युवा अवस्थामै मानसिक समस्याबाट ग्रसित ती पुरुषले आत्महत्या प्रयास गर्दा उनको परिवार ठूलो तनावमा रहेको थियो । मानसिक समस्याबाट ग्रसित ती युवाले आत्महत्या प्रयास गरेता पनि उनका परिवारले बचाएका थिए । तर, ६ दिन पछि अन्ततः उनी यो धर्तीबाट सदाका लागि विलिन भए । छोराको उपचार गरि स्वस्थ्य बनाउने उनका आमाबुवाको सपना अधुरै रह्यो ।
मानसिक स्वास्थ्य अवस्था विग्रेकै अवस्थामा उनलाई कोरोनाले छोइसकेको थियो । यद्यपी कोरोना संक्रमण भएकै कारण उनले आत्महत्याको प्रयास गरेको भने होइन । स्वास्थ्य अवस्था विग्रदै गएका बेला नेपालगन्ज मेडिकल कलेजमा गत असोज ३० गते थप उपचारका लागि भर्ना गरिएको थियो ।
कोरोना भाइरससंग मिल्दो लक्षण देखिएका ती पुरुषलाई कोरोना आशंकामा कार्तिक ३ गते सोमबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा पीसिआर परीक्षण गरियो । सोही दिन आएको पीसिआर रिर्पोटमा उनी पोजेटिभ पाइए ।
कोरोना पोजेटिभ पाइएका ती युवाको उपचारका लागि रोगको प्रकृती अनुसार सम्पूर्ण पद्धती अपनाएर उपचार गर्दापनि स्वास्थ्यमा सुधार नआएपछि मङ्गलबार बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएकोछ ।
योसगैं बाँके जिल्लामा उपचारका लागि आएका बाहिरी जिल्लाका कोरोना संक्रमित ब्यक्तिको मृत्यु हुने संख्या १५ पुगेकोछ । भने बाँके जिल्लाका मात्र २९ जनाको मृत्यु भइसकेकोछ ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व