नेपालगन्ज : हात्तिपाईले रोग बिरूद्धको औषधी खुवाउँने अभियान बाँकेमा चलिरहेको छ । गएको १५ गतेदेखि शुरू भएको अभियान अन्तर्गत शनिबारसम्म कोहलपुर नगरपालिकामा मात्रै १५ हजार तीन सय ३४ जनाले औषधी खाएका छन् ।
राप्तीसोनारी गाउँपालिकामा १६ हजार दुई सय ४२, खजुरा गाउँपालिकामा १४ हजार एक सय ३७ जनाले मात्रै उक्त औषधी खाएको तथ्याकं प्राप्त भएको छ।
यसैगरी बैजनाथ गाउँपालिकामा २४ हजार एघार, जानकी गाउँपालिकामा १४ हजार तीन सय २९ जनाले मात्रै हात्तिपाईले रोग बिरूद्धको औषधी खाएका छन् । बाँकेमा रहेका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहागरपालिकाले शनिबारसम्मको तथ्याकं संकलन हुन नसकेको भन्दै विवरण दिएको छैन् । नरनापुर र डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा कर्मचारीसँग शनिबार सम्पर्क हुन सकेन् ।
तथ्याकं प्राप्त भएका स्थानीय तहको शनिबारसम्मको रेकर्डलाई हेर्दा आधाबढी नागरिकहरू उक्त औषधी खानबाट बञ्चित भईरहेका छन् । यो तथ्याकं तोकिएका बुथहरूको मात्रै भएको बताउँदै स्वास्थ्यकर्मी केशव गौतमले औषधी खुवाउन काम चलिरहेको र अन्तिमसम्म लक्ष्य पुरा हुने विश्वास लिएको बताए ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा